
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहलाई हुम्लामा ठूलो धक्का लागेको छ । लामो समयदेखि ओली समूहमा रहेका नेताहरुसहित हुम्लाका अधिकांश नेताहरु (नेकपा) को प्रचण्ड-नेपाल समूहतिर लागेको औपचारिक रुपमै घोषणा गरेका छन् ।
हुम्लाका पार्टी इन्चार्ज, अध्यक्ष र सचिव प्रतिनिधिसभा सांसदसहित २८ जना नेताहरुले आइतबार पेरिसडाँडा पुगेर प्रचण्ड-नेपाल समूहतिर लागेको समुहिक रुपमा घोषणा गरेका छन् । पार्टी विभाजनलाई दुर्भाग्य भन्दै संयुक्त विज्ञप्तिमा हुम्ली जनता र नेता कार्यकर्ताको मनोभावना र कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्न आफूहरु पार्टीको मुलधार प्रचण्ड-नेपाल समूहतिर लागेको उल्लेख छ ।
संयुक्त विज्ञप्तमा जिल्लाको समृद्धि, पार्टी एकता र प्रदेश सरकारको स्थायित्व प्रमुख मुद्दा भएको बताउँदै ओली समूहतिर लागेकाे नेता कार्यकर्ताहरुलाई मूलधारमा फर्किन अपील समेत गरिएको छ । विज्ञप्तमा जिल्ला इन्चार्ज विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा पार्टी सचिव दल रावल, सांसद छक्कबहादुर लामा, प्रदेश कमिटी सदस्यहरु छिमी दोर्जी लामा, हस्तबहादुर शाही, छिरिङ डम्दुल लामा, शिवराज शर्मा,लोकबहादुर हमाल, मंगल लामा,छवि लामा र अमरसिंह लामाले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी, ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, उपाध्यक्ष मञ्जु बुढा, चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै, जिल्ला सदस्यहरु कलबहादुर हमाल, लोकबहादुर हमाल, ग्यामी बुमी, तीर्थराज रोकाया, कार्चेन लामा, पूर्णप्रसाद ढकाल, शिवराज शर्मा, महेन्द्रबहादुर शाही, गोपाल बुढा, अखवीर खड्का, नरदीप थापा, डबल रावत, मुस्कान लामा, अजमल बुढा, दलपती नेपाली र युवा संघ हुम्लाका संयोजक सुवास रोकाया, सहसंयोक कार्मा लामा, केन्द्रीय सदस्य अकिलबहादुर शाही, पूर्ण ढकाल, ग्यामी गुमी, चन्द्रप्रसाद ढकाल, हरिदत्त जोशी, अजमल बुढा, दलपति नेपालीलगायत नेताहरुले प्रचण्ड-नेपाल समूहतिर लागेका छन् । योसँगै ओली समूह हुम्लामा कमजोर भएको छ ।