आज :

प्रचण्ड–नेपाल समूहको दोस्रो चरणको आन्दोलनः यस्तो छ पुस २० देखि माघ २२ गतेसम्मको तालिका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा केन्द्रदेखि वडासम्मका कार्यक्रम सार्वजनिक गरेको छ । यो समूहले पंधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाउनेदेखि वडासम्म विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।

पुस २० गतेदेखि सुरु हुने कार्यक्रम माघ २२ गते विरोधसभा गरेसँगै सकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । कार्यक्रमअनुसार पुस २४ गते देशबासीसँग क्षमायाचना गर्दै असंवैधानिक कदम सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेको छ ।

यी हुन् आन्दोलनका कार्यक्रम

२०७७ पुस २० गतेसम्म गपालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम।

२०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन।

२०७७ पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया कार्यक्रम।

२०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम।

२०७७ पुस २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र। विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने।

२०७७ पुस २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम।

२०७७ पुस २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णालीमा) र पुस २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम।

२०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुध्द सबै वडामा व्यानर राख्ने कार्यक्रम।

२०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला।

२०७७ माघ २ गते गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा।

२०७७ माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन र सभा।

२०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल ¥याली ।

२०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा। माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा।

२०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal