
लम्की । दौडिरहेको मोटरसाइकलमाथि बाघले आ क्रमण गरेर कैलालीमा एकजना महिलालाई जंगलमा लिएर गएको छ । लम्कीचुहा नगरपालिका – ४ कौवापुरस्थित सरस्वती मावि नजिकै घर भएकी समाजसेवी वर्ष ५० कि नन्दकला थापा सोमबार राति बाघले हमला गरेको हो ।
छिमेकी प्रेम वयकका अनुसार छोरा सन्तोष थापा र नन्दकला बाँकेको कोहलपुरबाट घर फर्किरहेका थिए । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राजमार्गमा दौडिरहेको मोटरसाइलमा बाघले हमला गरेको थियो । नन्दकला छोरा सन्तोषले चलाएको मोटरसाइकलको पछाडि सबेकी थिइन् । जंगल छेउबाट बाघले एक्कासी झम्टिएर आमालाई छोरा घिसार्दै जंगलभित्र लिएको गएको सन्तोषले बताए ।
बाघले झम्टिएर घिसार्दै जंगलभित्र लिदै गर्दा ‘बाबु मलाई बचाउ’ नन्दकलाले भनेको र त्यसपछि कुनै आवाज नआएको छोरा सन्तोषले बताए ।
अहिले त्यस क्षेत्र आसपास खोजी भइरहेको छ तर नन्दकलाको अवस्थाबारे कुनै जानकारी पाउन नसकिएको बताइएको छ ।