आज :

(नेकपा)का दुबै समूहलाई निर्वाचन आयोगले पठायो यस्तो पत्र, कसले पाउला आधिकारिकता ?

काठमाडौँ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन पुगेको छ । एउटो समूहको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले ।

दुबै समूहले अर्कोलाई चोटिएर गएको आरोप लगाइरहेका छन् । निर्वाचन आयोगमा दुबै समूहले आफू आधिकारिक भएको भन्दै निवेदन पेश गरेका छन् । ओलीले केन्द्रीय समिति विस्तार गरेको माइन्यूट बुझाएका छन् भने प्रचण्ड नेपाल समूहले ओलीलाई कारवाही गरेको निर्णय र बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । आयोगले कसलाई आधिकारिकता पाउछ भन्ने अध्ययन सुरु गरेको छ ।

निर्वाचन आयोगले दुबै समूहलाई पत्र पठाएको छ । आयोगले शुक्रबार ओली र प्रचण्ड–नेपाल समूहलाई पत्राचार गरेको छ । दुबै पक्षले निर्वाचन आयोगलाई बुझाएका पत्रलाई थप स्पष्ट पार्न भन्दै पत्राचारि गरिएको सहप्रवक्ता रामकुमार श्रेष्ठले बताएका छन् ।

आयोग स्रोतका अनुसार ओली समूहलाई विवरण अद्यावधिकका लागि बुझाएको पत्र अस्पष्ट भएको भन्दै थप प्रष्ट पार्न भनिएको छ । त्यस्तै प्रचण्ड नेपाल समूहलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ ।

दुबै समूहले आधिकारिकताको दाबी गर्दै एकले अर्कालाई चोइटिएको आरोप लगाउँदै दैनिक बैंठक, भेला, सभा र विरोधका कार्यक्रम भइरहेका छन् । श्रेष्ठका अनुसार आयोगको बैठकले गरेको निर्णयका विषयमा दुवै पक्षलाई जानकारी समेत गराइएको छ । आयोगमा आफूलाई आधिकारिकताको दाबी गरिएको प्रक्रिया पूरा नभएको भन्दै दुबै समूहलाई पत्राचार गरेको छ ।

पार्टी र संसदीय दलमा प्रचण्ड–नेपाल समूहको बहुमत छ । तर, आफू पहिलो अध्यक्ष भएकोले केन्द्रीय समिति विस्तार गरेको र विस्तारित केन्द्रीय समितिमा आफ्नो दुई तिहाई बहुमत भएकोले आफूले आधिकारिकता पाउनु पर्ने ओली समूहको दाबी छ ।

दलसम्बन्धी ऐनको दफा ४४ (१) मा दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यसमाथि आधिकारिकता माग गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाले गर्दा (नेकपा)का आधिकारिकता प्रचण्ड नेपाल समूहले पाउने देखिन्छ । यो समूहले ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यमध्ये ३ सय १५ को हस्ताक्षर आयोगमा बुझाएको दाबी गरेको छ । दुबै समूहले फुटको दोषबाट बच्न आफू आधिकारिक भएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal