आज :

अछामको ढाकारी गाउँपालिकाका अध्यक्ष बुढा नेकपाको नियन्त्रणमा, कहिले रिहा हुन्छन् ?

काठमाडाैं । अछामको ढाकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढालाई नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । नेकपाले उनलाई शुक्रबार बिहान करिब १०:१५ बजेतिर सोहि गाउँपालिकाबाटै नियन्त्रण लिएको स्थानीयले बताएका छन् ।

बुढालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै नेकपाको जिल्ला जनपरिषद् अछामका प्रमुख निरक शाहीले कोरोनाको नाममा भएको भ्रष्टाचार, विकास निर्माणमा भएको अनियमितता र सेवाग्राहीबाट घुस तथा कमिसन लिने गरेको स्थानीयको उजुरीका आधारमा बुझ्न नियन्त्रणमा लिएको जानकारी दिए । बुढा आफूहरुको नियन्त्रणमा सुरक्षित रहेको बताउँदै शाहीले स्थानीयको उजुरीमाथि बुझेर आजै रिहा गर्ने जानकारी समेत दिए ।

नेपाली कांग्रेसबाट चुनाव जितेर गाउँपालिका अध्यक्ष बनेका बुढा आर्थिक लेनदेनका कारण पटकपटक विवादमा आएका व्यक्ति हुन । यता नेपाल कम्युनिष्ट अछामले बुढा आफ्नो कब्जामा रहेको पुष्टि गरेको छ ।

यसअघि पनि नेकपाले अछाममा गरिब जनतासंग महँगोमा ब्याज अशुल्ने एक सहकारीका प्रतिनिधिलाई नियन्त्रणमा लिएर छोडेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal