आज :

टोपबहादुर रायमाझी ऊर्जामन्त्री भएसँगै ‘लोडसेडिङ’

काठमाडौं । मन्त्रिमण्डल हेरफेर र विस्तारसँगै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी पुनः ऊर्जामन्त्रीको जिम्मेवारी पाए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनसँगै प्रचण्ड–माधव कुमार नेपाल समूहमा लागेका ऊर्जामन्त्री वर्षमान पुनले राजिनामा दिए । संसद विघटनको विरोध गर्दै पुनसँगै प्रचण्ड–माधव समूहतिर लागेका सात मन्त्रीले राजिनामा दिएका थिए ।

तत्कालिन माओवादी केन्द्रका नेता रायमाझी ऊर्जामन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ भइरहेको थियो । लोडसेडिङ कसरी कम गर्न सकिन्छ ? भन्नेबारे पनि पहल र योजना समेत नबनाएको भन्दै माओवादीको उनको आलोचना भएको थियो । रायमाझी ऊर्जा मन्त्रालयमा पस्दा लोडसेडिङ जस्तो थियो, छोड्दा पनि उस्तै थियो । लोडसेडिङ अन्त्यमा कुनै भूमिका नखेलेका रायमाझी पुनः ऊर्जा मन्त्रालयको साँचो पाएका छन् । भलै मन्त्रिमण्डल विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परिसकेको छ ।

रायमाझी ऊर्जामन्त्री भएसँगै पुनः लोडसेडिङ सुरु भएको अनुभूति हुन थालेको काठमाडौँबासीले गरेका छन् । आजभोलि काठमाडौं उपत्यकामा साँझ कहिलै आधा घण्टा र कहिलै एक घण्टा लोडसेडिङ हुन थालेको छ । नियमित रुपमा साँझ ६ बजेदेखि ८ बजेको बीचमा लोडसेडिङ भइरहेको छ । काठमाडौँबासीले केही दिन विद्युत अवरुद्ध भएको होला पनि सोचे तर लोडसेडिङ भइरहेको थाहा पाएपछि चिन्तित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले अहिलेको भइरहेको लोडसेडिङलाई ‘फोर्स लोडसेडिङ’ भन्ने गरेको छ । प्राधिकरणले मागअनुसार आपूर्ति गर्न नसक्दा कुनै क्षेत्रमा लोडसेडिङ भइरहेको बताएको छ । प्राधिकरणका अधिकारीहरुले विगतमा पनि कुनै–कुनै क्षेत्रमा ‘फोर्स लोडसेडिङ’ गर्ने गरिएको भन्दै यसलाई समान्य परिघटना भएको बताउन थालेको छ । आपूर्तीभन्दा माग बढी भएकोले काठमाडौँका केही स्थानमा विद्युत काट्नु परेको प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले संचारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार सोमबार साँझ १४५७ मेगावाट बिजुलीको माग प्रणालीमा आयो । सोमबार मात्रै होइन मंगलबार साँझ पनि काठमाडौँका केही स्थानमा आधा घण्टाभन्दा कम समय लोडसेडिङ भएको थियो ।

यो लोडसेडिङ कहिलेसम्म हुने हो भन्नेमा प्राधिकरणका कुनै प्रतिक्रिया छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal