आज :

आज सुदूरपश्चिममा ‘पुस १५’, किरातको उधौली र गुरुङको तमु ल्होसार पर्व मनाइँदै

काठमाडौं । आज पुस १५ गते । सुदूरपश्चिममा ‘पुस १५’ पर्व मनाइँदैछ। यो पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको छ।

त्यसैगरी आज १५ प्रकारका परिकार खाएर सुदूरपश्चिमबासीले पुस १५ मनाइरहेका हुन्। सबैभन्दा चिर्चित खाने कुरा ‘भुच्चाने रोटो’ हो । आज साँझ घरघरम भुच्चाने रोटो अर्थात चामल पिसेर बनाइएको बक्लो रोटी पकाएर खाने चलन छ । यसलाई सुदूरपश्चिमका केही जिल्लामा ढुकढुके रोटी पनि भन्ने गरिन्छ । त्यस्तै, तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ।

आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने गरिएको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।

त्यसैगरी आजै किरात समुदायको महान् पर्व उधौली र गुरुङ समुदायले तमु ल्होसार पनि मनाइँदैछ ।

प्राकृतिक ऋतुचक्रसँग एकाकार भई मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा दिन सकोस् भनी राष्ट्रपतिले शुभकामना पनि प्रकट गरेकी छन् ।

उधौली पर्वका अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपक्षी लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलका लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामनासहित भूमिको पूजा गर्छन् । साथै यस पर्वका अवसरमा किराँत महिला र पुरुषहरू खुला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न क्रियाकलापको अनुकरण गर्दै सामूहिक रूपमा ‘साकेला’ नृत्य गर्ने परम्परा छ ।

गुरुङ समुदायले पनि तमु ल्होसार पर्व मनाइरहेका छन् । आफ्नो संस्कृति झल्किने पहिरनसहित गुरुङ समुदालयले तमु ल्होसार मनाउँदैछन् ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताए। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौली र गुरुङ मुदायको तमु ल्होसार पर्वको अबसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

भण्डारीले यी चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal