आज :

विप्लव-वैद्यसहित चार पार्टीको संयुक्त विज्ञप्तिः संसद पुर्नस्थापना वा मध्यावधि निर्वाचन निकास होइन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) सहित चार राजनीतिक पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहदकदमीको लागि संयुक्त मोर्चा निर्माण गरेको घोषणा गरेका छन् ।

मंगलबार नेकपाका महासचिव विप्लव, क्रान्तिकारी माओवादीको महासचिव मोहन वैद्य, नेकपाका अध्यक्ष ऋषी कट्टेल र वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीले संयुक्त विज्ञप्ति जारी गरेर संयुक्त मोर्चा निर्माण गरेको घोषणा गरेका हुन् । उनीहरुले संसद विघटन संसदीय व्यवस्थाको असफलता भएको भन्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि संयुक्त रुपमा पहलकदमी लिने र मोर्चाको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिने बताएका छन् ।

“संविधानसभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, दमन र उत्पीडन गर्दै आएको छ । कथित नयाँ संविधानअनुसार भएको चुनावबाट खड्गप्रसाद वलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै सङ्कट थोपर्दै आएको छ । वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएका जनघात, राष्ट्रघात र चरम भ्रष्टाचारी कदमहरूको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौँ । त्यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुईतिहाइ बहुमत रहेको भनिएको कम्युनिस्टको खोल ओढेको केपी सरकारले पुस ५ गते संसद् विघटन गरेको छ । पछिल्ला घटनाहरूप्रति हामी तपसिलका पार्टीहरूको गम्भीर ध्यानाकर्षण भएको छ” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

वर्तमान राजनीतिक संकट प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक भएको संयुक्त विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा अगागि भनिएको छ, “वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनताबीचको अन्तरविरोध चर्किंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरूका बीचमा पनि अन्तरविरोध चर्कंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ । केपी वलीको कदम निरङ्कुश एवम् फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो ।”

देश र जनताले भोगेका समस्याहरुको बास्तविक जनपक्षीय समाधान संसद् पुनःस्थापना वा .मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादको स्थापनाले मात्रै भन्दै विज्ञप्तिमा भनिएको छ, “अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्ररवैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।”

चार पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको बताउँदै अवधारणा, संरचना र अग्रगामी कार्यक्रम छिटै घोषणा गरिने बताइएको छ । “केपी वली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal