
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रको विभाजन सुदूरपश्चिम प्रदेश सरकारमा पनि परेको छ । मुख्यमन्त्रीदेखि मन्त्रीहरु पनि दुई समूहमा विभाजित भएपछि प्रदेश सरकारमा पनि समस्या देखिएको हो ।
ओली समूहमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई मंगलबार विहान बोहरालाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार बोहराले सरकारकै विरुद्ध गतिविधि गरेकोले बर्खास्त गरिएको हो ।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए । पार्टी विभाजनमा उनी (नेकप)को केपी ओली समूहतिर लागेका थिए ।
मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ नपुगेको बताएका छन् ।