आज :

संसद विघटनविरुद्ध आज काँग्रेसले सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आज एकसाथ प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुने कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नुहुनेछ भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ ।

पार्टी प्रवक्ता शर्माका अनुसार आज काठमाडौंका १५ ठाउँमा सभा र प्रदर्शन हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेस पनि वैचारिकरुपले विभाजित छ ।

औपचारिकताका लागि विरोध कार्यक्रम तय गरेपनि सभापति शेरबहादुर देउवा नैं निर्वाचनको पक्षमा रहेको अर्को पक्षको आरोप छ । यही विषयमा हिजो देउवाले महामन्त्री शशांक कोइरालासहित आफु निकटका नेताहरुसँग छलफल गर्नुभएको छ ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा चर्काउन नहुने देउवा पक्षको निष्कर्ष छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal