
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्घ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय भेला तथा विस्तारित बैठक आज काठमाडौंमा सम्पन्न भयो । काठमाडौंको बौद्ध स्थित याङग्रीमा हिल सिटी प्रा.लि. होटलमा भएको उक्त भेलामा देशैभरबाट महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आज भएको केन्द्रीय भेला तथा विस्तारित बैठकले धन कुमारी मगरको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवगठित केन्द्रीय समितिको उपाध्यक्षमा मिना चन्द, कृष्ण कुमारी नेपाल, दुर्गा अधिकारी, महासचिवमा स्मृति रिजाल, सचिवमा विन्दु कार्की र सुनिता दुलाल अन्य केन्द्रीय सदस्यहरुमा सुमि धिमाल, दिपा कुमारी मगर, रश्मी कार्की, लक्ष्मी थामी, बिना गोतामे, प्रविता वाईबा, सिता बन्जारा, उत्तर कुमारी लामा, सविना चालिसे, सम्झना विश्वकर्मा, अश्मिता लामा, आशा श्रेष्ठ, मनमाया मगर, रेवती थापा मगर, मिन कुमारी बटला पुन र सरु लावती लगायत रहेका छन् ।
विस्तारित बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तिलक थापा मगरले भेलालाई संबोधन गर्दै बैज्ञानिक समाजवाद प्राप्त नभएसम्म, वर्गमुक्ति नभएसम्म महिला मुक्ति सम्भव छैन त्यसको लागि महिला हक अधिकार प्राप्तिको लागि १० वर्षे जनयुद्ध र ०६२र६३ को जनआन्दोलनबाट प्राप्ति उपलब्धिको रक्षा गर्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्न सशक्त रुपमा लाग्नु पर्ने बताउनु भयो । वर्गीय,जातीय, महिला, दलित सम्पूर्ण मुक्तिका लागि समाजवादी आन्दोलनमा लामबद्ध हुन अबको चयन हुने महिला समितिले सशक्त भूमिका खेल्न सकोस त्यसमा सिंगो सिंगो पार्टीको साथ, सहयोग र समर्थन रहने बताउँदै नयाँ बन्ने केन्द्रीय समितिलाई बधाई दिनु भयो ।
भेलामा उपस्थित सबैलाई पार्टीका पोलिटब्यूरो सदस्य एवं नेवाः ताम्सालिङ प्रदेश समिति (वाग्मती प्रदेश) का सचिव मिना चन्दको स्वागत मन्तव्यबाट कार्यक्रम सुचारू भएको भेलामा माओवादी केन्द्रका जिम्मेवार नेता, कार्यकर्ता तथा महिला नेतृहरुको उपस्थिति रहेको थियो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय भेला तथा विस्तारित बैठकलाई शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव अरुण घिसिङले मानव सभ्यता विकासको इतिहासलाई फर्केेर हेर्दा आदिम युग पार गर्दै आउने क्रममा कालन्तरमा मातृसत्तात्मक व्यवस्थाको पनि निर्माण भएको इतिहास थियो जहाँ महिलाले शासन सत्ता सञ्चालन गरेको थियो ।
तर विस्तारै पितृसत्तात्मक व्यवस्थाको निर्माण भई आधा आकाश ढाकेको महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने ग¥यो जसका कारण महिला वर्ग दमित हुन पुग्यो, पीडित हुन पुग्यो । त्यसैले महिला अधिकार प्राप्तिका लागि महिलाले नै अहम भूमिका खेल्दै सशक्त रुपमा उठ्नु पर्ने आजको आवश्यकता रहेकोमा जोड दिनु भयो । मन्तव्यकै क्रममा घिसिङले जनयुद्ध अगाडि भन्दा जनयुद्धमा र पछाडि महिला मुक्तिका आवाज सशक्त रुपमा उठेको र महिलाहरु सशक्त रुपमा क्रान्तिमा लामबद्ध रहेकोमा शान्ति प्रक्रियामा आएसँगै केही महिलालाई नेतृत्वमा ल्याए जस्तो गरि महिला राष्ट्रपति बने, न्यायाधीश बने भन्दै आधा आकाश ओगटेको महिलालाई गलत ढंगले ब्याख्या गर्दै अधिकार दिनबाट बञ्चित गरेको तितो यथार्थ बताउँदै नयाँ बन्ने केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिनु भयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समिति भेला तथा विस्तारित बैठकलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव बलराम पुन मगर, अर्का सचिव तथा ३ नम्बर प्रदेश ईन्चार्ज मेघ बहादुर खत्री, अखिल नेपाल ट्रेडयुनियन (क्रान्तिकारी) का संयोजक रामप्रसाद मैनाली, अखिल नेपाल किसान संघ ( क्रान्तिकारी) का संयोजक आनन्दराज फुयाल, अखिल क्रान्तिकारीका संयोजक कपिल सिंजापती, वाईसीएल नेपालका सह(संयोजक कृष्णा खड्का, केन्द्रीय सचिव तथा ३ नम्बर प्रदेश ईन्चार्ज मेघ बहादुर खत्री, नेकपा( माओवादी केन्द्र) का केन्द्रीय सचिब एवं अन्तर्राष्ट्रिय विभाग इन्चार्ज वलाराम पुन र नेपाल कम्युनिस्ट पार्टी नेवाः ताम्सालिङ प्रदेश (वाग्मती प्रदेश) का अध्यक्ष प्रकाश दाहाल लगायतले क्रान्तिकारी महिला संघको भेला सफलताको कामना गर्दै नयाँ बन्ने केन्द्रीय समितिलाई शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रम स्मृति रिजालले सञ्चालन गर्नु भएको थियो भने धनकुमारी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । काठमाडौंको बौद्ध स्थित याङग्रीमा हिल सिटी प्रा.लि. होटलमा भएको उक्त भेलामा देशैभरबाट महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आज भएको केन्द्रीय भेला तथा विस्तारित बैठकले धन कुमारी मगरको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवगठित केन्द्रीय समितिको उपाध्यक्षमा मिना चन्द, कृष्ण कुमारी नेपाल, दुर्गा अधिकारी, महासचिवमा स्मृति रिजाल, सचिवमा विन्दु कार्की र सुनिता दुलाल अन्य केन्द्रीय सदस्यहरुमा सुमि धिमाल, दिपा कुमारी मगर, रश्मी कार्की, लक्ष्मी थामी, बिना गोतामे, प्रविता वाईबा, सिता बन्जारा, उत्तर कुमारी लामा, सविना चालिसे, सम्झना विश्वकर्मा, अश्मिता लामा, आशा श्रेष्ठ, मनमाया मगर, रेवती थापा मगर, मिन कुमारी बटला पुन र सरु लावती लगायत रहेका छन् । विस्तारित बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तिलक थापा मगरले भेलालाई संबोधन गर्दै बैज्ञानिक समाजवाद प्राप्त नभएसम्म, वर्गमुक्ति नभएसम्म महिला मुक्ति सम्भव छैन त्यसको लागि महिला हक अधिकार प्राप्तिको लागि १० वर्षे जनयुद्ध र ०६२र६३ को जनआन्दोलनबाट प्राप्ति उपलब्धिको रक्षा गर्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्न सशक्त रुपमा लाग्नु पर्ने बताउनु भयो ।