आज :

प्रचण्ड-नेपाल समूहको आज ७७ वटै जिल्लामा भेला

आज ७७ वटै जिल्लामा प्रचण्ड-नेपाल समूहले कार्यकर्ता भेला गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टी विभाजनपछि पहिलो पटक जिल्ला भेला गर्न लागेको हो ।

पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध अगाडि सारेका संघर्षका कार्यक्रमलाई थप शसक्त बनाउन जिल्ला नेताहरुलाई प्रशिक्षण दिन भेला आयोजना गरिएको छ ।

नेकपाको यो समुहले पर्सी मंगलवार राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ ।

यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् । हिजो बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा दुई समुहमा विभाजित छ । ओली समुह चुनावी रणनीतिमा लागेको छ भने प्रचण्ड–नेपाल समुह सडक आन्दोलनमा केन्द्रित छ ।

दुवै पक्ष आफ्नो समुहलाई आधिकारीक मान्यता दिने लडाईमा केन्द्रीत छन् । दुवै पक्षले आधिकारीकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal