आज :

भूमाफियासँग मिलेर एनआईसी एसिया र मन्जुश्रीले गरे ढकालको जग्गा कब्जा, जनकारवाही गर्ने नेकपाको चेतावनी

काठमाडौं । भूमाफियासँग मिलेर एनआईसी एसिया बैंक र मन्जुश्री फाइनान्सले काठमाडौंमै एकजनाको जग्गा कब्जा गरेका छन् । भूमाफियासँगको मिलेमत्तोमा यी दुई वित्तिय संस्थाले काठमाडौंकै सुरेश ढकालको १ रोपनी १४ आना जग्गा हडपेको खुलासा भएको छ ।

काठमाडौँको तार्केश्वर नगरपालीका १ (साविकको साङ्ला ६ ‘क’) मा रहेको १ रोपनी १४ आना जग्गा कब्जा गरेर भूमाफियासँग मिलेर प्लटिङ गरेर बेच्न थालेका छन् । कित्ता नम्बर ७९८ र ७९४ को सुरेश ढकालको स्वामित्वमा रहेको उक्त जग्गा भूमाफियाको चलखेलमा प्लटिङ गरेर बिभिन्न व्याक्तिको नाममा बेचबिखन गर्न थालेपछि नेकपाले सो रोक्न चेतावनी दिएको छ ।

विप्लव नेतृत्वको नेकपाको काठमाडौँ जिल्ला जनपरिषदले भूमाफियासँग लिमेर एनआईसी एसिया बैंक र मन्जुश्रीले ढकाललाई अन्ययमा पारेको भन्दै सो जग्गा बिक्री तथा कित्ताकाट गर्न र संरचना निर्माण गर्न रोक लगाएको हो । परिषदले जग्गामा व्यानर र झण्डा गाडेर बास्तविक पीडितले न्याय नपाएसम्म जग्गा सम्बन्धी कुनै पनि काम गर्न नगर्न चेतावनी दिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको काठमाडौं जिल्ला जनपरिषद्ले जग्गा धनी ढकाल र काठमाडौं शान्तिनगरका रामबहादुर श्रेष्ठ संयुक्त कम्पनी सन्चालनका लागि ऋण निकाल्न सो जग्गा एनआईसि एसिया बैंकमा धितो राखिएको थियो । तर, श्रेष्ठले कम्पनीको हिसाव किताबमा समेत ढकाललाई नदेखाई एकलरुपमा भूमाफियाको चलखेलमा जग्गा हडप्ने प्रपन्च रचि एनआइसि एसिया बैंक र मन्जुश्री फाइनान्ससँगको मिलेमत्तोमा धितो लिलाम गरेलगत्तै उनकै ज्वाई सुरज श्रेष्ठको नाममा लिलाम सकारेर कित्ताकाट गरी प्लटिङ गरेर बिक्री गरेको पाईएकाले जनपरिषद्ले जनाएको छ । शुक्रबार उक्त जग्गामा व्यानर टागेर बास्तविक जग्गाधनी ढकाल पीडित भएको भन्दै जनपरिषदले न्याय नपाएसम्म वा न्यायोचित स्वामित्व निरुपण नभएसम्म किनबेच, थप कित्ताकाट र संरचना निर्माण गर्न समेत जिल्ला जनपरिषद काठमाडौंले बन्देज लगाएको जनाएको छ ।

उक्त जग्गा बैंकबाट सुरज श्रेष्ठको नाममा लिलाम सकारेर कित्ताकाट गरि सपना उंगौल, लक्ष्मि अधिकारी, कृष्णहरी थापा, निर कुमार मोक्तान, लक्षमण तामाङ, हरिमाया तामाङ लगायतको नाममा बिक्रि गरिएको र बाँकी रहेको जग्गा परिषदले जारि गरेको निर्देशनात्मक जानकारीलाई व्यावस्था गरि जग्गासँग सम्बन्धित कुनै गतिविधि गरेको पाइएमा त्यस्तो गतिविधि गर्नेहरुलाई जनकारवाही गर्ने समेत चेतावनी दिएको छ । साथै, उक्त जग्गाको न्यायेचित निरुपणका लागि जग्गासँग जोडिएका सम्पूर्ण व्याक्तिहरु र बैंक, सहकारी वा आधिकारीक व्याक्तिहरुलाई जिल्ला जनपरिषदको सम्पर्कमा तुरुन्त आउन पनि भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal