आज :

युवा गायक सर्विन बोगटीको ‘तिम्रै पिरमा जान्छ दिनरात’ सार्वजिनक, भिडियोसहित

काठमाडौं । लोकप्रिय युवा गायक सर्विन वोगटीको ‘तिम्रै पिरमा जान्छ दिनरात’ आधुनिक गीत भिडियो सार्वजनिक भएको छ ।  गीतमा गायक बोगटी र गायीका अन्जु पन्तको स्वरमा रहेको छ ।

गीतमा हाम्रो समाजको जलन्त उदाहरण समेटिएको छ । गीतमा गरिवीका कारण परदेशीन बाध्य हुनु परेको पीडालाई समेटिएको छ । कलीकोटको नरहरीनाथ गाउँपालिका-५ मा वि.सं. २०४६ सालमा जन्मिएका गायक बोगटी गीत संगीतमा जम्दै गएका गायक हुन् ।

अहिलेसम्म करिब ४ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका वोगटी पछिल्लो समय कर्णालीको लोक संस्कृति, भाषाको संरक्षणमा जुटेका छन् । बोगटीले लोकदोहोरी, लोकपप, आधुनिक, देउडा, ठाडी भाकालगायतका ४ दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका थुप्रै गितहरु यूटुव टेन्डिङ्गमा पर्दै आएका छन् ।

सांगीतिक यात्राको क्रममा काठमाडौंलाई कर्मथलो बनाएका गायक बोगटीका सबै दर्शक-श्रोताले सर्वाधिक रुचाइएका छन् ।

गीतमा स्वर्णिम शाहीको शब्द रहेको छ भने संगीत बिबि अनुरागीको रहेको छ । गीतमा निर्देशन जि.वि आग्री, छायांकन मिन रावल र दया चौधरी, ड्रोन पाईलट सतिस सिन्हा, श्रङ्गार नरेन्द्र एस.के, सम्पादन मिन रावलले गरेका छन् ।

भिडियोमा अभिनयमा भिम खड्का र लक्ष्मी सुनारले गरेका छन् । बाल कलाकार प्रान्सु कडायतको रहेको छ । गीतलाई सर्विन वोगटी नामक अफिसियल यूट्युवमार्फत सार्वजनिक गएिको हो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal