आज :

थप ८३० जना संक्रमित भेटिए, १५ सय कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षण गराउनेको संख्या निकै घटेको छ । देशैभन्दा अगाडि दैनिक १० हजारसम्म गरिएको परीक्षण आइतबार ५ हजारमा झरेको छ ।

कोरोना परीक्षण गराउने घटेसँगै संक्रमणदर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २८ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आज देशभरका प्रयोगशालामा ५१८१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आइतबारसम्म कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज थप १ हजार ५ सय जना कोरोनामुक्त भएका छन् । योसँगै २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् । संक्रमण दर घटेसँगै सक्रिय संक्रमित पनि घटेका छन् । आज देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोनाबाट थप ९ जना संक्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या १ हजार ६९८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal