आज :

प्रचण्ड-नेपाल अनैतिक र विभाजनकारीः ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव विभाजनकारी भएको आरोप लगाएका छन् । उक्त आरोप ओलीले स्थायी कमिटी बैठकमा पठाएको पत्रमा लगाएका हुन् ।

आइतबार बसेको स्थायी कमिटी बैठकमा ओलीले प्रचण्डको नामै नलिएर खेलको नियम नै बदल्न लागेको, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने, व्यग्र नेतृत्व मोह र सत्तामोहका कारण पार्टीमा समस्या पैदा भएको बताएका छन् । स्थायी समिति बैठकमा इश्वर पोखरेलमार्फत पठाइएको पत्रमा ओलीले संकट समाधानको लागि स्थायी समिति सदस्यहरुसँग आग्रह गरेका छन् ।

ओलीले आफ्नो मनमा विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्विर राखेर तय गरिएका विधिलाई मान्दै अघि बढेको दाबी गर्दै पत्रमा नामै नलिएर प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहविरुद्ध गम्भीर आरोप लगाएका छन् । उनले प्रचण्ड-नेपाललाई अनैतिक, अराजनिक र विभाजनकारीको आरोप लगाएका छन् ।

”मलाई थाहा थिएन, खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको नियम परिवर्त नैतिकता र राजनीति दृष्टिले गलत मात्रै होइन, विभाजकारी समेत छ” ओलीको पत्रमा उल्लेख छ ।

ओलीले प्रचण्डले ‘प्रस्ताव’ का नाममा आफूविरुद्ध अभियोग पत्र वितरण गरेपछि पार्टीमा असामन्य अवस्था सिर्जना भएको बताउँदै पार्टीभित्र हुने स्वस्थ र मर्यादिाभत छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोगपत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता आफूले सचिवालय बैठकमा राखेको पत्रमा उल्लेख गरेका छन् ।

पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखित निःशर्त फिर्ता हुने भन्दै ओलीले पत्रमा भनेका छन्, ”आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो सङ्गीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा अनुरोध गर्दछु ।”

पत्रमा ओलीले महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नुपर्ने दोहोर्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal