आज :

कोरोना खोप लगाउने रुस पहिलो देश, एक लाख रुसी नागरिकले खोप लगाए

काठमाडौं । कोरोना खोप लगाउने रुस पहिलो देश भएको छ । सबैभन्दा पहिला कोरोना खोपको विकास गरेको रुस प्रयोग गर्नेमा पनि पहिलो भएको छ । रुसी  पह मंसिर १८ । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको बताए । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । मुरास्कोले कोभिड-१९ विरुद्धमा खोप लगाउने रुस विश्वकै पहिलो देश भएको बताए ।

रुसले नागरिकलाई कोरोना खोप लगाएकोे भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ । गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानबाट रुसले बनाएको खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रुसका पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । रुसले बनाएको खोपले सबैभन्दा पहिला खोपबारे सबै कानुनी प्रक्रिया पूरा गरेको थियो । रुस नै खोरोना खोप बनाउने पहिलो देश भएको थियो ।

अहिलेसम्म रुसमा २३ लाखभन्दा बढी नागरिक कोरोना संक्रमित भएका छन् । उनीहरुमध्ये धेरै निको भएर डिस्चार्ज भइसकेका छन् । कोरोना महामारी फैलिएसँगै रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले खोप निर्माण गर्न आफ्ना स्वास्थ्य विज्ञलाई निर्देशन दिएका थिए । अन्य देशलाई महामारीमा सहयोग गरेको रुसले मास परीक्षण गरेको थियो ।

सोभियत कालमा रुस अन्तरिक्षमा पहिलो पटक पुगेको थियो । कोरोना खोपको नाम पनि अन्तरिक्ष यानकै नाम राखेको छ । कोरोनाविरुद्धको लडाइँमा राष्ट्रपति पुटिन स्टालिनशैलीमा काम गरिरहेका छन् । समस्यासँग जुध्न वा विरोधीसँग आक्रमक रुपमा प्रस्तुत हुने स्टालिनशैली हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal