आज :

कोरोना खोप सुरु गर्न रुसी राष्ट्रपति पुटिनको निर्देशन, बेलायतमा सर्वसाधारणलाई प्रयोग गर्न अनुमति

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसविरुद्धको खोप दिन सुरु गर्न निर्देशन दिएका छन् । आफ्नै देशमा निर्माण गरिएको खोप पूर्णरुपमा सफल भएको भन्दै पुटिनले खोप लगाउन सुरु गर्न निर्देशन दिएका हुन् ।

रुसी संचारमाध्यमहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले यो हप्ताभित्रै पहिलो चरणमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाउन थालिने बताएका छन् । रुसले कोरोनाको खोप सबैभन्दा पहिला दर्ता गरेको थियो । परीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएको भन्दै रुसी अधिकारीले खोप पूर्ण रुपमा तयार भएको बताएका छन् ।

यसैबीच बेलायतले अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै विश्वमा कोरोनाविरुद्धको खोप सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बेलायतको नियामक निकाय ‘एमएचआरए’ले कोरोनाभाइरसको संक्रमण रोक्न ९५ प्रतिशत सफल भएको यो खोप अर्को हप्ताबाट सर्वसाधारणलाई लगाइने छ ।

जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पहिलो प्राथमितामा राखिएको छ । खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको छ ।

विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनुपर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनुपर्ने बताएका छन् ।बेलायतले यसअघि नै फाइजरको खोपको चार करोड ‘डोज’को ‘अर्डर’ गरिसकेको छ । यसबाट दुई करोड मानिसलाई खोप दिन सकिनेछ । तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरूमध्ये ९० प्रतिशतलाई संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

फाइजरले यस वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्नसक्ने जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड मात्रा आपूर्ति गर्नसक्ने कम्पनीको दाबी छ ।

खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ । महामारी सुरु भएको १० महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि एक दशकभन्दा लामो समय लागेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal