आज :

अखिल क्रान्तिकारीको अगुवाईमा मोर्गन कलेजमाथि कारवाही, यस्ता छन् ५ कारण

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको अवस्थाको समेत विद्यार्थीबाट मनलाग्दी चर्को असुली गर्ने मोर्गन इन्टरनेशनल कलेजमाथि अखिल क्रान्तिकारीको अगुवाईमा कारवाही भएको छ । कलेजको मनपरीविरुद्ध अध्ययनरत विद्यार्थीहरुले आइतबार दिउँसो नाराबाजी गरेका थिए । आफ्ना माग प्रशासनसँग राख्न समेत प्रहरी लगाएर रोकेपछि विद्यार्थी आन्दोलित भएका थिए ।

काठमाडौंको बसुन्धरास्थित कलेजले तिरिसकेको बिल पुनः थमाएको, कलेज बन्द रहेको अवस्थाको पनि बिल पनि जबरजस्त तिर्न लगाएको, कक्षा १२ को परीक्षाको प्रवेश पत्र नदिनेजस्ता हर्कत गरेपछि विद्यार्थी आक्रोसित बनेका थिए ।

विद्यार्थीका समस्या समाधानको लागि पहल गर्दा सम्पर्कमा नआएपछि विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी काठमाडौंले मोर्गन कलेजलाई सांकेतिक रुपमा कारवाही गरेको हो । अखिल क्रान्तिकारीका काठमाडौं अध्यक्ष गोविन्द विष्टको नेतृत्वमा गएको टोलीले चेतावनीस्वरुप विद्यालयमा तोडफोड गरेको थियो ।

अखिल क्रान्तिकारीका काठमाडौं अध्यक्ष विष्टले लकडाउनका कारण बन्द रहेको बेलाको समेत शुल्क असुल गरेर कजेल प्रशासनले सामान्य मानवीयता समेत गुमाएको बताए । उनले भने, मर्गन कलेजले सामान्य मानवीयता समेत गुमाएको छ, मापदण्ड विपरित विभिन्न शिर्षकमा मनलाग्दी शूल्क असुल गर्ने र कक्षा १२ का विद्यार्थीको परीक्षामा समेत बाधा पुर्याउन कलेजले हर्कत गरेकोले हामीले चेतावनीस्वरुप सांकेतिक कारवाही गरेका हौं । हामी चाहन्छौं कलेज प्रशासनले जसरी पनि लुट्नु पर्छ भन्ने मानसिकताबाट पछि हटेर अमानवीय कार्य रोकोस् अन्यथा ठूलो क्षति ब्यहोर्नु पर्ने हुन्छ ।”

त्यसैगरी प्रहरी लगाएर तीन जना विद्यार्थीलाई गिर फ्तार गर्न लगाएको भन्दै विष्टले आपत्ति जनाउँदै कलेजमा प्रहरी तैनाथ गरिनुले मर्गन राज्यकै संरक्षणमा लुट गरिरहेको बताए । उनले कोरोना संकटको बेला लुटधन्दा चलाउने शैक्षिक माफियाविरुद्ध संगठनले कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

मनलाग्दी रुपमा असुल गरेको शूल्क फिर्ता, कक्षा १२ का विद्यार्थीलाई सहजरुपमा परीक्षा दिने वातावरण बनाउन, विद्यार्थीलाई शान्तिपूर्ण र भयरहित रुपमा परीक्षा दिने वातावरणको लागि प्रहरी हटाउन अध्यक्ष विष्टले माग समेत गरेका छन् । आइतबार साँझ अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कलेजमा मागसहितको कालो व्यानर समेत गाडेका थिए ।

अखिल क्रान्तिकारीले कारवाही गर्नुका पाँच कारण 

१. कोरोना भाइरसको नाममा प्रत्येक विद्यार्थीहरुबाट रु. ६ हजार असुल गरेको ।

२. कक्षा १२ को परीक्षाको नाममा अभिभावकबाट जबरजस्ती शुल्क असुल गरेको र प्रहरी प्रशासन लगाई विद्यार्थीमाथि दमन गरेको ।
३. ल्याब फि, कक्षा परीक्षाको नाममा महंगो असुल गरेको ।
४. पुरक परीक्षार्थीबाट मनलाग्दी चर्को शूल्क असुल गरेको ।
५. मापदण्ड विपरित विभिन्न शिर्षकमा अभिभावकबाट चर्को असुल गरेको ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal