आज :

पुनः मतगणना गरिएको जर्जिया राज्यमा ट्रम्प फेरि पनि पराजय

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्पले पुनः मतगणनाको माग गरेको राज्यमा फेरि पनि पराजित भएका छन् । ट्रम्पको समूहले पुनः मतगणनाको माग गरेपछि जर्जिया राज्यमा पुनः गरिएको थियो ।

पुनः मतगणना गर्दा पनि जर्जिया राज्यमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएको आधिकारिक रुपमा घोषणा गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । बाइडेन १२ हजार ६ सय ७० मत प्राप्त गरी सो राज्यमा विजयी भएका हुन् । यो जितसँगै बाइडेनले उक्त राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गरेका छन् ।

जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी भएका छन् । सन् १९९२ मा बिल क्लिन्टनले विजय भएका थिए । बाइडेन पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ ।

जोर्जियाको मत परीणाम आएसँगै बाइडेनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गरेर अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति ट्रम्पको भने २ सय ३२ मतमै सिमित भएका छन् । अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २ सय ७० मत आवश्यक हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal