आज :

ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिः बाइडन

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले डोनल्ड ट्रम्प अमेरिकाको इतिहासमा सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको बताएका छन् । ट्रम्पले हार स्वीकार नगर्नु निन्दनीय कार्य भएको भन्दै विश्वलाई एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन् ।

“राष्ट्रपतिले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन् । र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ” बाइडनले भने ।

कोरोना भाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताए । उनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन् । उनले आफ्नो रणनीति परिवर्तन गर्न अहिले ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाएका छन् । मिसिगनका रिपब्लिकन विधायकहरूसँग भेट गर्ने कार्यक्रम छ । तर उनले अपनाएका हरेक प्रयासले नतिजा आफ्नो पक्षमा ल्याउन असफल भएका छन् । यो प्रयास पनि सफल नहुने बताइएको छ ।

सम्पूर्ण मत परिणाम औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर बाइडनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका छन् भने अमेरिकी इलेक्टरल कलेज प्रणालीमा उनले ३०६ देखि २३२ इलेक्टरल कलेजमा जित्ने सङ्केत देखिएको छ । मत प्रमाणित आइसकेपछि ट्रम्पले त्यसलाई उल्ट्याउने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal