आज :

संक्रमितको उपचार गर्दागर्दै मुटुरोग विशेषज्ञ प्रा.डा. झा र डा. थापाको कोरोनाबाट ज्यान गयो

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट दुईजना डाक्टरको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समितिकुमार अधिकारीका अनुसार कोरोना संक्रमितको उपचार गर्दागर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाका प्राध्यापक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. सुनिल झाको कोरोनाबाट ज्यान गएको छ ।

त्यस्तै नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको बिरामीको उपचारकै क्रममै निधन भएको डा. अधिकारीले जानकारी दिए ।

डा.झाको सोमबार विहान र डा. थापाको गएराति कोरोनाबाट ज्यान गएको छ । सहप्रवक्ता अधिकारीले दुबै जना डाक्टरको निधनले देशलाई नै क्षति पुगेको बताउँदै श्रद्धाञ्जली व्यक्त गरका छन् ।

कोरोनाभाइरसबाट थप १ हजार १ सय ९७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सोमबार थपसहित कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । संक्रमितमध्ये १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ४३ जना क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । सोमबारसम्म देशभर ३३ हजार ३७९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी देशभर ९ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २३० पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal