आज :

चर्चित गायीका सत्यकला राईको आवाजमा रहेको ‘र्याइँ र्याइँ सारंगी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । लोकप्रिय गायीका सत्यकला राईको आजाव रहेको हेको ‘र्याइँ र्याइँ सारङ्गी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीले संगीत संयोजन गरेका छन् ।

उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीतमा गीतमा मौलिक शब्द तथा नेपाली जनजीवन सुहाउँदो परिवेशको वर्णन गरिएको छ । गीतको म्यूजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ।

भिडियोका निर्मात्री राधिका उप्रेती हुन् भने सम्पादन माधव वेलबासेले गरेका छन् । भिडियोको छायाँङ्कन आवेश बज्राचार्यले गरेका छन् । त्यस्तैगरी साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन्। भिडियोलाई एचपी इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal