आज :

अंग्रेजी नयाँ वर्षसँगै कोरोना खोप सर्वसाधारणले प्रयोग गर्न पाउने दाबी

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अंग्रेजी नयाँ वर्षसँगै सर्वसारणले प्रयोग गर्न पाउने दाबी गरिएको छ । बेलायतस्थित एस्ट्राजेनेका फार्मासियुटिकल्स कम्पनीले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार  नियमन गर्ने निकायहरूले अनुमति दिएमा डिसेम्बरलगत्तै खोप सर्वसाधारणले प्रयोग गर्न पाउने कम्पनीका सिइओ पास्कल सोरियटले बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै एस्ट्राजेनेकाका सिइओ सोरियटले नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांक निगरानी गरिरहेको बताए । खोपका सबै काम सकिसक्दासम्म नियमनकारी निकायहरुले पनि आफ्नो काम सकेभने जनवरीदेखि खोप उपलब्ध सोरियटले बताएका छन् । उनले डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्ने समेत दाबी गरेका छन्  ।

अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी बेलायती र स्वीडिस कम्पनी एस्ट्राजेनेका खोप निर्माणमा जुटिरहेको छ । एस्ट्राजेनेकाले ल्याउने खोपप्रति संसारकै चासो बढेको छ ।

गत सेप्टेम्बरमै परीक्षणको तेस्रो चरणमा गएको यो खोप सर्वसाधारणमा उपलब्ध हुनसके कोभिड–१९ लाई नियन्त्रणमा लिन सकिने विश्वास वैज्ञानिकहरुको छ ।

खोप निर्माता कम्पनीले यो खोप कति पटकसम्म लगाउनुपर्दछ भन्ने यकिन नभएको भन्दै खोपले कस्तो काम गर्छ त्यसमा निर्भर हुने पनि बताएका छन् । एस्ट्राजेनेकाको खोप पाउनका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal