आज :

ट्रम्पले भने – बाइडनले जितेका छैनन्, संचारमाध्यमले गलत प्रचार गरिरहेका छन्

काठमाडौं । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावी परिणामलाई अस्वीकार गरेका छन् । मतगणनाको पछिल्ला विवरणअनुसार डेमोक्रेट उम्मेदवार जो बाइडनले चुनाव जितेको देखाएको छ । तर, ट्रम्पले संचारमध्यमहरुले गलत प्रचार गरेको बताएका छन् ।

रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार ट्रम्पले आफ्नो फराकिलो जितलाई समेत मानेका छैनन् । मतगणनाको सुरुदेखि आफूलाई विजयी घोषणा गर्दै आएका ट्रम्पले अझै परिणाम स्वीकार्नु भएको छैन । ट्रम्पले बाइडनको जीतको घोषणालाई अनधिकृत भन्दै सञ्चारमाध्यमहरुले दिएका समाचार प्रक्षेपण मात्र भएको बताएका छन् ।

तर सीएनएनका अनुसार बाइडनलाई २७९ इलेक्टोरल मत पाएर विजयी भएका छन् । जबकी ट्रम्प २१४ मै सिमित भएका छन् । सन् २०१६ को निर्वाचनमा आफूलाई जिताएका संग्रामी राज्यहरुमा बाइडनले जितिसक्दा पनि ट्रम्पले निर्वाचन नसकिएको प्रतिक्रिया बताएका छन् ।

आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्न पुग्नुभएका ट्रम्पले भने ‘किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छः उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन ।’ उनले निर्वाचन नसकिएको समेत बताएका छन् ।

निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन् । ट्रम्पले सोमबारदेखि आफ्नो टोलीले अदालतमा मुद्दा हालेको र अदालती निर्णयपछि मात्र विषय टुंगिने बताए । तर ट्रम्पले आशा गरेका पेन्सिल्भेनिया, विस्कन्सिन, मिचिगन, एरिजोना जस्ता राज्यमा बाइडनले जीत हात पारिसकेका छन् । यद्यपि, निर्वाचन आयोगले अन्तिम परिणाम भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal