आज :

कृष्णनगर नगरपालिकाका प्रमुख शाहले भने- छोरी शिक्षित भए परिवार र समाज परिवर्तन हुन्छ

कपिलवस्तु । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले उडान कक्षाका बालिकाहरुलाई साइकल वितरण गरेका छन् ।  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सञ्चालित उडान कक्षाका बालिकाहरूलाई शुक्रबार साइकल वितरण गर्दै प्रमुख शााहले छोरी शिक्षित भए परिवार र समाज परिवर्तन हुने भन्दै बालिकालाई विद्यालय पठाउन पर्ने बताए ।

“छोरी शिक्षित भए परिवारसहित पूरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” नगरप्रमुख शाहले भने । उनले शिक्षा भन्दा ठूलो पुँजी केही नरहेकोले बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन नगर प्रमुख शाहले अभिभावकहरुसँग आग्रह समेत गरे ।

कार्यक्रममा नगर प्रमुख शाहले ‘उडान छोरी शिक्षा’ले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने शाहले विश्वास व्यक्त गरे । उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको शाहले बताए ।

कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘उडान कक्षा’ का १ सय ५६ बालिकालाई शुक्रबार साइकल वितरण गरिएको थियो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताए । छात्राहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने घिमिरेले विश्वास व्यक्त गरे ।

बीचमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको संयोजक घिमिरेले जानकारी दिए ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका सुदीप मौर्या, अमर श्रीवास्तव, बिभिन्न उडान कक्षाका बालिका, अभिभावक, बुद्धजीवि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो । फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा कार्यक्रमका सम्पन्न भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal