आज :

फ्रान्समा कोरोनाको दोस्रो छालः एकैदिन ९ सयको ज्यान गयो, दैनिक ६० हजार बढी संक्रमित

काठमाडौं । फ्रान्समा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र रुपमा फैलिरहेको छ । युरोपमा दोस्रो पटक कोरोना फैलिरहेको छ । पुनः लकडाउन र निषेधित क्षेत्र घोषणा गरिएपनि कोरोना संक्रमण नियन्त्रण बाहिर गएको छ ।

संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि उच्च रहेको छ । कोरोनाका कारण फ्रान्समा एकैदिन करिब ९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । तर फ्रान्सका अधिकारीहले भने बितेको २४ घण्टामा ८ सय २८ जनाको कोरोका कारण निधन भएको बताएका छन् ।

त्यसैगरी फ्रान्समा फेरि दैनिक ६० हजार बढी कोरोना संक्रमित भेटिन थालेका छन् । बितेको २४ घण्टामा फ्रान्समा एकैदिन ६० हजार बढी जना संक्रमित भएका छन् । यो संख्या युरोप भरिकै सबैभन्दा उच्च हो ।

जोन हप्किन्स यृुनिभर्सिटीले फ्रान्समा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुगेको जनाउँदै सतर्कता नअपनाए स्थिती भयावह अवस्थामा पुग्ने चेतावनी दिएको छ ।

फ्रान्सका अधिकांश अस्पतालहरु संक्रमितहरुले खचाखच भरिएका छन् । हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर उच्च गतिमा फैलिरहेको अनुमान गरिएको छ ।

हाल फ्रान्समा जारी लकडाउनका बीच शैक्षिक संस्थाहरुमा अनलाइन कक्षा सञ्चालन भइरहेका छन् भने रेष्टुराँ, होटल, कलकारखाना र अत्यावशकीय बजार बाहेक अन्य बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

फ्रान्समा कोरोनाले हालसम्म ३९ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ लाख ६१ हजार ८ सय नाघेको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal