आज :

अमेरिकी चुनावः जो बाइडनको जित घोषणा हुने बाँकी, ट्रम्पको रिट अदालतले खारेज गर्यो

काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपति जो वाइडन हुने निश्चित भएको छ । जारी मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ । तर वाइडनलाई ६ इलेक्टोर मत आवश्यक छ । मत गणना जारी भएपनि नयाँ परिणाम सार्वजनिक गरिएको छैन ।

चारवटा राज्यको मत गणना बाँकी रहँदा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले २६४ इलेक्टोर मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मा २१४ मत पाएका थिए । मत परिणामलाई लिएर ट्रम्पले विभिन्न टिकाटिप्णी गर्दै चुनावमा धाँधली भएको र फर्जी मतको प्रयोग भएको भन्द आफैले जितेको दाबी गर्दै आएका छन् । उनले मतगणना रोक्न माग समेत गरेका थिए ।

यसैबीच ट्रम्पले चुनावमा धाँधली भएको भन्दै  जर्जिया र मिसिगनमा राज्यमा गरिएको रिट खारेज भएको छ । दुवै राज्यका अदालतका न्यायाधीशले धाँधली भएको भन्ने कुनै प्रमाण नभएको भन्दै ट्रम्पको रिट खारेज गरेका हुन् ।

मत गणना भइरहेका चारवटै राज्यमा भने दुवै उम्मेदवारबीच कडा टक्कर भइरहेको बताइएको थियो तर पछिल्ला विवरण दुई राज्यमा वाइडेनले अग्रता लिएको र एउटामा ट्रम्पले झिनो मतले अग्रता लिएका छन् भने बाँकी एउटामा तलमाथि भइरहेको छ । अहिले नेभाडा, जर्जिया, एरिजोना र पेन्सिलभेनियामा राज्यमा मत गणना भइरहेको छ ।

अन्तर्राष्ट्रिय सूचारमाध्यमहरुका अनुसार छ वटा इलेक्टोरल मत रहेको नेभाडामा अहिलेसम्म करिब ८९ प्रतिशत मतगणना सम्पन्न भइसकेको अवस्थामा वाइडेनले ११ हजार ४ सय ३८ मतले अग्रता लिएका छन् । त्यस्तै, ११ इलेक्टोरल मत रहेको एरिजोनामा ९० प्रतिशत मतगणना सकिँदा वाइडेनले ४६ हजार ६ सय ६७ मतले अग्रता लिएका छन् ।

उता जर्जिया र पेन्सिलभेनियामा भने राष्ट्रपति ट्रम्पले झिनो मतान्तरले अग्रता लिएका छन् । हिजोसम्म यी दुवै राज्यमा ट्रम्पले निकै ठूलो अग्रता लिएका थिए भने पछिल्लो अवस्थामा पछि परेका छन् । यी दुई राज्यमा क्रमशः ९९ र ९५ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । अन्तिम परिणाम आज आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal