आज :

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणको विरोधमा अखिल क्रान्तिकारीद्वारा राजधानीको मुटुमै मशाल जुलुस

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा अखिल क्रान्तिकारीले मशाल जुलुससहित विरोध प्रदर्शन गरेको छ । नरवणेको भ्रमणलाई लिएर कडा सुरक्षाको व्यवस्था गरिएपनि अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले राजधानी काठमाडौंको मुटु मानिने कोटेश्वर चोकमा मशाल जुलुस निकालेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काठमाडौंको आयोजनामा बुधबार साँझ कोटेश्वर चोकमा नाराबाजी गर्दै मशाल जुलुस निकालिएको हो । विद्यार्थीहरुले नरवणेको नेपाल भ्रमणले राष्ट्रिय स्वाधिनतामाथि आँच पुगेको बताउँदै नाराबाजी गरेका थिए ।

त्यसैगरी विद्यार्थीहरुले नरवणेलाई प्रदान गर्न लागिएको महारथीको उपाधि खारेज गर्न, कोरोनाका नाममा भएको भ्रष्टाचारका दोषीलाई कारवाही, कोरोना पीडितको निःशुल्क उपचारको माग गर्दै नाराबाजी गरेका थिए ।

त्यसअघि अखिल क्रान्तिकारीसहित संयुक्त विद्यार्थी संगठनहरुले नरवणेको नेपाल भ्रमणको विरोध जनाउँदै उपाधि खारेज गर्न माग गरेका थिए ।

चार दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं पुगेका नरवणेको विरोध जनाउँदै सरोकारवाला‍हरु माइतीघरसहित काठमाडौंका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले विरोधमा कालो बलुन उडाउनुको साथै कालो झण्डा समेत देखाएका थिए ।

त्यसैगरी २१ दलीय मोर्चाले पनि नरवणेको भ्रमणको विरोध गर्दै संयुक्त रुपमा विज्ञप्ति जारी गरेको थियो । त्यस्तै, ९३ जना प्रगतिशिल लेखक तथा साहित्यकारले नेपाल र नेपाली अपमान गर्ने नरवणेलाई भ्रमण निम्तो दिएर महारथी उपाधि दिनु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको भन्दै विरोध जनाएका थिए ।

https://www.facebook.com/dabalimedia/videos/382176029641961

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal