आज :

अमेरिकी राष्ट्रपति निर्वाचनः प्रचारप्रसार अन्तिम चरणमा, मत सर्वेक्षण भन्छन्-ट्रम्प चुनाव हार्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । नयाँ राष्ट्रपतिको लागि यही मंगलबार मतदान हुँदैछ । राष्ट्रपतिका दुबै उम्मेदवारले अन्तिम चुनावी कार्यक्रममा भाग लिएका छन् ।

नयाँ राष्ट्रपतिको लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडेन चुनावी मैदानमा छन् । उनीहरु दुबैले मध्यपश्चिम राज्यमा अन्तिम चुनावी कार्यक्रममा उपस्थित भए ।

ट्रम्पले मिनिसोटा राज्यलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेका छन् । चार वर्षअघि भएको निर्वाचनमा यो राज्यमा ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लीन्टन विजयी भएकी थिइन् ।

उता बाइडेन पनि आयोवा राज्यलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेका छन् । यो राज्यले चार वर्ष अघि ट्रम्पलाई भोट दिएको थियो । यस पटकको राष्ट्रपति निर्वाचनमा पनि यीनै ‘मिड–वेस्टर्न’ राज्यहरुलाई निर्णायक मानिएको छ ।

यी राज्यहरुको समर्थन जुटाउन सक्नेले अर्को चार वर्ष ह्वाईट हाउसको बागडोर समाल्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अहिलेसम्म हुलाक वा विद्यूतिय माध्यमबाट ८ करोड ५० लाखभन्दा धेरैले मतदान गरिसकेका छन् । यो तथ्यांकलाई हेर्दा अमेरिकी निर्वाचनमा यसपटक अहिलेसम्मकै उच्च १५ करोड मतदाताले मत खसाल्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा झण्डै २४ करोड मतदाता मत खसाल्न योग्य छन् ।

निर्वाचन अघिका सर्वेक्षणहरुले डेमोक्रेट उम्मेदवार बाइडेनले जित्ने देखाएका छन् । ट्रम्पमाथि बाइडेन लगायतर हावी भइरहेको सर्वेक्षणहरुलले देखाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal