आज :

थप २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, हाल सम्म ९०४ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबार अपराह्नसम्मको अद्यावधिक विवरणअनुसार आज  थप ३ हजार ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । आज बिहीबार थप १९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । हाल सम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

भेन्टिलेटरमा ७६ जना रहेका छन् । त्यस्तै आईसीयूमा ३०४ जना उपचाररत छन् भने होम आइसोलेसमा ३१ हजार ८९८ जना रहेका छन् ।नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ रहेको छ । आज ९७६९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै मन्त्रालयको विहीबार अद्यावधिक विवरणअनुसार थप १७ जनाको कोरोनाका कारण ज्यान गएको छ । यो सहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९०४ पुगेको मन्त्रालयले जनाएको छ ।

याे बिचमा काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना संक्रमित थपिएका छन् । जसमध्ये ७०४ महिला र ९११ जना पुरुष संक्रमित रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal