आज :

भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन, प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली दिए

काठमाडौं । भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा बिहिबार उहाँको निधन भएको हो । ९२ वर्र्षीय केशुभाई पटेल हाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अगाडी गुजरात राज्यका मुख्यमन्त्री थिए ।

उनको निधन पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली दिँदै शोक व्यक्त गर्नुभएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि पटेलको निधनप्रति समवेदना प्रकट गनु भएको छ ।

उनि एक पटक मात्र होईन दुई पटक गुजरात राज्यका मुख्यमन्त्री बन्नुभएको थियो । सन् १९९५ मा मुख्यमन्त्री र त्यसपछि उहाँ सन् १९९८ मा फेरि मुख्यमन्त्री बन्नुभएकोे थियो ।

पछि सन् २००१ मा आफ्नो स्वास्थ्यमा आएको खराबीका कारण उहाँले राजीनामा दिए । पाटिमा अन्र्तबिरोध हुदा पटेलले सन् २०१४ मा राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेर बसेको थिए ।

त्यसपछि भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal