आज :

उपत्यकामा ८४३ सहित देशभर थप१९५४ जनामा संक्रमण पुष्टि, अबदेखी दैनिक प्रेश ब्रिफिङ नहुने

काठमाण्डौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ६९६,भक्तपुरमा २९ र ललितपुरमा ११८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै आजसम्म कोरोना निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।  देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ ।

आज थप ११ जनाको ज्यान गएको छ। यो सहित हालसम्म कोरोनाबाट कुल संख्या ८८७ ज्यान गुमाएको छ।

आज बागमति प्रदेशमा सबैभन्दा धेरै १ हजार ६३ जना संक्रमित थपिएका छन् । त्यसपछि प्रदेश १ मा ५७२, प्रदेश २ मा ८७, गण्डकी प्रदेशमा १९१, लुम्बिनीमा २२, कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबिच सरकारले नियामित गर्दै आएको कोरोना समबन्धि प्रेश ब्रिफिङ अब  दैनिक रुपमा नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अबदेखि साताको दुई पटक कोरोनाबारेको मिडिया ब्रिफिङ हुने बताएका छन् ।डा गौतमले अब आइतबार र बुधबार कोरोना बारेको मिडिया ब्रिफिङ हुने बताएका छन् ।

हरेक दिनको आँकडा अपडेट भने स्वास्थ्य मन्त्रालयको वेभसाइट र अन्य माध्यममा हरेक दिन साढे ४ बजे हुने प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal