आज :

रअ प्रमुख गोयल किन आइसोलेसनमा बसे ? प्रधानमन्त्रि ओली कति सुरक्षित ?

काठमाडौँ । नेपाल आएर प्रधानमन्त्रि ओलीलाई भेटेका रअ प्रमुख सामन्त गोयल सेल्फ आइसोलेसनमा बसेको हुनसक्ने भन्दै भारतीय अनलाईन द प्रिन्टले समाचार प्रकाशन गरेको छ ।

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साढे २ घन्टा लामो छलफल गरेका पुष्टि गरेको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले द प्रिन्टको समाचार सत्य हो भने प्रधानमन्त्री पनि आइसोलेसनमा बस्नु पर्ने त होइन भन्दै प्रश्न गरेका छन् भने प्रधानमन्त्रि ओली सुरक्षित छन् या संक्रमित छन् भनेर चर्चा चल्न थालेको छ ।

रअ प्रमुख गोयल किन आइसोलेसनमा बसे ?

गोयल दिल्ली उडेको पर्सिपल्ट अर्थात् शनिबार डा बाबुराम र पत्नी हिसिलालाई कोरोना पुष्टि भयो।

एक महिनादेखि देशभर राजनीतिक भेला र बैठक गर्दै हिँडेका बाबुरामलाई कोरोना पुष्टि भएपछि उता गोयल सेल्फ आइसोलेसनमा बसेको हुनसक्ने भन्दै भारतीय अनलाईन द प्रिन्टले समाचार प्रकाशन गरेको छ ।

के गोयलले बाबुरामसगं भेटवार्ता गरेको थिए त ?

बाबुरामको सचिवालयले गोयलसँग भेटवार्ता गरेको विषयबारे केही उल्लेख नगरेपनि द प्रिन्टले उनलाई कोरोना पुष्टि भएपछि गोयल सेल्फ आइसोलेसनमा बसेको हुन सक्ने उल्लेख गरेको छ । ओलीसँग भन्दा पहिला बाबुराम भट्टराईसँग गोयलको भेट भएको हो वा पछि भन्दै सामाजिक सञ्जालमा चर्चा चलेपनि यसबारे बाबुराम र प्रधानमन्त्रीको सचिवालयले यस बारे केही जनाएको छैन ।

यसैबिच पछिल्लो समय तिब्र रुपमा बढ्दे गएको कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा  भारतमा मात्र कोरोनाबाट ५०८ जनाको गए सगै १ लाख २० हजार १० जनाले ज्यान गुमाई सकेको छन् ।
हाल सम्म भारतमा संक्रमित हुनेको संख्या पनि ७९ लाख ९० हजार ३२२ पुगेको छ । भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal