News Portal

  • ब्रुनेईका राजकुमार हाजी अब्दुलको निधन

    डबली संवाददाता२०७७ कात्तिक ९ गते
    २१९ पटक

    काठमाडौं । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको निधन भएको छ । ३८ वर्षीय अजिमको शनिबार निधन भएको राजपरिवारले जनाएको छ ।

    सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो पुत्र हुन् । सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति जारी गरेर राजकुमार अजिमको निधन भएको जानकारी दिएको छ ।

    राजकुमार  अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने सुल्तान कार्यालयले जनाएको छ । राजकुमारको निधनको कारण भने राजदरबारले कुनै जानकारी दिएको छैन ।

    प्रतिकृया दिनुहोस्