आज :

माछा-मासु खानाले कोरोना भाईरस संक्रमण हुने जोखिम कति ?

काठमाडौँ । चीनको बुहानबाट फैलिएर विश्वभर महमारीको रुप लिएको कोरोना भाईरस अझै नियन्त्रयण आउन सकेको छैन् । नेपालमा पनि पछिल्लो समय यस्ले झन माहामारीको रुप लिएको छ भने प्रतिदिन संक्रमण दर पनि बढ्दै गईहेको छ । यसैचिमा नेपालीहरुको महान चाड बिजया दशमि पनि नजिकै आएको छ । यो समय अवश्य पनि नेपाली समुदायमा अरु समयको भन्दा बढि मासु खाने चलन छ ।

कोरोना भाईरस माहामारीको समयमा मासु खानु हुन्छ कि हून्न भनेर संसारमा बहस चलिरहेको बेला विश्व स्वास्थ्य संगठनले नै भनेको छ की मासु खानाले कोरोनाभाइरस संक्रमण हुँदैन तर माछा मासु खानु अघि राम्रोसँग पकाएर सुरक्षित भएर खान सुझायको थियो ।

सुरुसुरमा बुहानमा कोरोना सुरु हुदा त कतिले मासु खान छोडेको पनि थिए तर पछि बास्तमै मासु र कोरोनाको सम्बन्ध अन्य खानहरु सगको जस्तै हो भन्ने तथ्य सार्वजनिक भए पछि धेरैले मासु खान थालेका थिए ।

त्यस्तै यूरोपीयन खाद्य सफ्टे एसोसिएसनले पनि एक लेख जारी गरेको छ जहाँ कोरोनाभाइरस खाना मार्फत फैलन सक्छ भनेर कुनै वैज्ञानिक प्रमाण छैन । जस्मा मासु पनि खाना कै रुपमा लिईन्छ ।

कोरोना भाईरस मासुले गर्दा नसरे पनि तपाइको खाने तरिकाले भने सर्न सक्छ । त्यस्को लागी हामीले हातहरू र खाना पकाउने क्षेत्र सफा राख्ने , बेलाबेलामा माछामासु राख्ने ठाउ र भाडाकुडाहरु सफा राख्ने, काट्दा पनि सफा औजारहरुले काट्ने गनुपर्छ । यसो गर्दा केही हद सम्म भएपनि सुरक्षित हुन सक्छौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal