आज :

कोरोनाको नाममा धुलिखेल अस्पतालको ‘लुटधन्दा’ सुरु, २ लाख जम्मा नगरी उपचार सुरु नगर्ने

काठमाडौं । कोरोना भाइरसको उपचारको नाममा अस्पतालहरुले लुटधन्दा सुरु गरेका छन् । सरकारले संक्रमित आफैले उपचार खर्च तिर्नुपर्ने निर्णय गरेसँगै अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा मनपरी असुली सुरु गरेका छन् ।

त्यो मध्येको एक हो, काभ्रेको धुलिखेल अस्पताल । धुलिखेल अस्पतालले सार्वजनिक सूचना जारी गरेर उपचार दररेट र धरौटी रकमबारे जानकारी गराएको छ । धुलिखेल अस्पतालले   कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कात्तिक २ गते कोरोनाको परीक्षण र उपचार खर्च आफै बेहोर्नुपर्ने बताएको भोलिपल्ट नै धुलिखेल अस्पतालले सूचना टाँस गरेर महंगो धरौटीमा मागेको हो । अब धरौटी जम्मा गर्न नस्कनेले उपचार नपाउने भएका छन् ।

अस्पताल प्रशासनले लक्षण भएकासँग ५० हजार, मध्य जटिल बिरामीसँग १ लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यसमा औषधी तथा रोग निदानमा प्रयोग हुने जाँचको आफै दिनु पर्नेछ ।

त्यसैगरी अस्पतालमा उपचार खर्च भने सामान्य लक्षण भएकालाई दिनमा ३५ सय, मध्य जटिल समस्या भएकालाई ७ हजार ५ सय र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने समेत सूचनामा उल्लेख छ ।

सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गरेसँगै चौतर्फी विरोध भइरहेको छ । सरकारी निर्णय नागरिकको मौलिक हकको विरुद्धमा भएको भन्दै फिर्ता लिन माग गरिएको छ ।

सत्तारुढ (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेललगायतले पनि सरकारी निर्णयको खुलेर विरोध गरेका छन् ।

त्यसैगरी सरकारले राजनीतिक गतिविधिमा रोक लगाएर प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधाबार विज्ञप्ति नै निकालेर उक्त निर्णयविरुद्ध देशव्यापी संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । विप्लवले कोरोना संक्रमितको निःशूल्क उपचार गर्न समेत माग गरेका छन् ।

सरकारको निर्णयसँगै अस्पतालहरुले जारी गरेका सूचनालाई लुटधन्दा भन्दै सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ । धुलिखेल अस्पतालले महंगो धरौटी मागेकोलाई लुटधन्दा भन‍्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले विरोध जनाएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal