आज :

क्लासिक टेकद्वारा सियोना श्रेष्ठको उपचारमा १० लाख सहयोग हस्तान्त्रण

काठमाडौं । क्लासिक टेकले दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि १० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पीडित सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम मंगलबार प्रदान गरेको छ। सियोनाको उपचारका लागि क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले पनि सक्दो सहयोग प्रदान गरेका छन् ।

क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ । यसअघि पनि ब्लड क्यान्सरबाट पीडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो ।

त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यसपटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोनाको उपचारको लागि रकम सहयोग गरेको हो ।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिङमार्फत रकम संकलन गरिरहेका छन् । यसको लागि गोफण्डमी डटकम मार्फत रकम संकलन भईरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन् ।

सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय अधिकारीले आवश्यक २० करोड सहयोगमा सहयोगहरु थपेको बताए ।

”तपाईँ हाम्रो सानो सानो सहयोगले नानीको जीवन बचाउन सक्छ । हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाईरहेका छौं । गतवर्ष क्यान्सर पीडित बालकलाई सहयोग गरेका थियौं भने यो वर्ष स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पीडित १३ महिने सियोना श्रेष्ठलाई सहयोग गरेका छौं। आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सँधै अगाडि बढेर काम गर्नेछौं” अधिकारीले भने । क्लासिक टेकले बालिकाको उपचारको सहयोगको लागि आधिकारीक सोशल मिडियामार्फत अपिल समेत गरेको छ ।

नेपालको अग्रणी र ठूलो इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनीले देशभर आफ्नो इन्टरनेट सेवालाई तिब्रगतिमा बिस्तार गर्दै आएको छ । कम्पनी आफ्नो क्षेत्रमा अग्रणी कम्पनीको रुपमा चिनिन्छ।

सहयोग गर्न चाहनेहरुले Siyona Shrestha को बैंक अफ काठमाडौंको परासी शाखामा रहेको A/C No: 206500000031524 नम्बरमा वा इसेवाको Id: 9847206466 9816457809 सहयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal