आज :

सर्वत्र विरोध पछि मन्त्रिपरिषद् बैठक बस्दै, निशुल्क उपचार नगर्ने निर्णय पुनर्विचारबारे छलफल हुन सक्ने

काठमाडौँ । सरकारले कोरोना संक्रमितका निशुल्क उपचार गर्न नसक्ने भन्दै बिरामीको उपचार स्वंयमले गर्नुपर्ने र मृतुनै भए परिवारले शव ब्यवस्थापन गनुपर्ने भनेपछि जनस्तरबाट सरकारको ब्यापक आलोचना भ्एको थियो ।

यसैचि आज अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो ।

एक सा्रेतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ ।

त्यसेगरी बालुवाटार स्रोतले पनि भनेको छ ‘उपचार तथा परीक्षणमा शुल्क लिने निर्णयको आलोचना र विरोध भयो । सम्भवतः यो निर्णयमा पुनर्विचार हुन्छ भनेर जानकारी गराएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । उनले बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal