News Portal

  • दाजुबहिनीको कथामा गौरव र प्रियाना

    डबली संवाददाता२०७७ काक्तिक ४ गते
    २०२ पटक

    काठमाडौँ । गौरव पहाडी र प्रियाना आचार्य अभिनित दशैँ तिहार गीत सार्वजनिक भएको छ । राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीतमा तयार भएको गीतलाई विनोद र वर्षाना ट्रायम्फ व्याण्डको दशैँ तिहार गीतमा गौरव र प्रियाना दाजुबहिनीका रुपमा प्रस्तुत भएका हुन् ।

    विदेशमा रहेका दाजु र स्वदेशमा रहेका बहिनी र घरपरिवारको प्रेमलाई आकर्षक ढंगले गीतमा प्रस्तुत गरिएको छ। निर्देशक दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा दशैँ र तिहारको परिवेशलाई कलात्मक शैलीमा देखाइएको छ । गीतमा गोरव र प्रियानाको साथमा कमलमणी नेपाल खुपीका बा को पनि अभिनय रहेको छ ।

    सुरेन्द्र बसेलको कोरियाग्राफी रहेको गीतलाई पवन सुस्लिङले भिडियोलाई खिचेका हुन् । चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियो कोहो प्रोडक्सन नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

    प्रतिकृया दिनुहोस्