News Portal

  • (नेकपा)का प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

    डबली संवाददाता२०७७ असोज २७ गते
    १८० पटक

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार गरिएको स्वाब संकलनको रिपोर्ट पोजेटिभ आएको हो ।

    गुरुङको स्वास्थ्यमा कोरोना भाइरसका लक्षण देखा परेपनि अवस्था सामान्य भएको बताइएको छ । गुरुङ  हाल घरमै आइसोलेशनमा बसेका छन् ।

    त्यसैगरी आज देशभर थप ३ हजार ५५६ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकामा २ हजार भन्दा बढीसहित मंगलबार देशभर जना नयाँ संक्रमित थपिएका छन् । मंगलबार कुल संक्रमितको संख्या १ लाख १५ हजार ३६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकार‍ी दिए ।

    त्यसैगरी मंगलबार थप १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ । हिजो थप ९ जनाको ज्यान गएर कुल संख्या ६४५ पुगेको थियो ।

    मंगलबार थप १ हजार ५ सय ३ जनाले कोरोना जितेर घर फर्किएको जानकारी दिए । मंगलबारसम्म नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

    प्रतिकृया दिनुहोस्