आज :

क्लासिक टेकको ग्राहकहरुलाई दशैं अफरः ग्राहकहरुलाई ५ हजार ५ सयसम्मको भारी छुट

  • क्लासिक टेकको ग्राहकहरुलाई दशैं अफरः ग्राहकहरुलाई ५ हजार ५ सयसम्मको भारी छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले दशैंको अबसरमा हरेक ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । नेपालको अग्रणी र ठूलो नेटवर्क बन्न सफल कम्पनीले बडादशैंकोअवसरमा ग्राहकहरुलाई ५ हजार ५ सय सम्मको भारी छुटको अफर ल्याएको छ । उक्त रुपैयाँ बराबरको इन्टरनेट रिचार्जमा छुट र बोनस दिइने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले दशैंको अवसरमा ल्याएको नयाँ अफर अनुसारकम्पनीका हालका ग्राहकहरुले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेकोखण्डमा ५ हजार ५ सय बराबरको छुट प्राप्त गर्नेछन्। त्यसैगरी ग्राहकहरुले ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमारु २ हजार ८ सय  बराबरको छुट प्राप्त गर्नेछन्।

कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ अफर समेत सार्वजनिक गरेकोछ।यसअनुसार ग्राहकहरुले क्लासिकटेकको मोबाइल एपमा गएर रेफर माक्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ र उहाँहरुले रेफर योजना अन्तरगत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपीटिभी सेवा निःशुल्क पाईनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपीटिभी निःशुल्क पाईनेछ। त्यसैगरी ३ महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपीटिभी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

क्लासिक टेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकहरुको लागि उपलब्ध हुने क्लासिकटेकका प्रमुख सेल्स र मार्केटिङ्ग अफिसर बिनय अधिकारीले जानकारी दिए ।उनका अनुसार यो अफरमार्फत ग्राहकहरुलाई उच्चगुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामक रुपमा अगाडि बढ्नेछ।

रेफरको बारेमा थप जानकारी थाहा पाउनका लागि क्लासिक टेकको यूट्यूब च्यानलमा हेर्न सक्नु हुनेछ, साथै क्लासिक टेकको नयाँनयाँ योजना र अफरहरु तथा सेवा सुबिधाहरुको बारेमा जानकारी लिन कम्पनीको भाइबर कम्युनिटीमा जोडिएर तथा फेसबुकमार्फत पनि थाहा पाउन सकिनेछ।

रेफरगर्नेतरिका
क्लासिक टेकको मोबाइल एप गूगल प्लेस्टोर र एप्पलएप स्टोरबाट डाउनलोड गर्नुस्।
स्टेप १ः क्लासिक टेकले दिएको यूजर नेम र पासवर्डका साथमा लगइन गर्नुस् । स्टेप २ः रेफर ट्याबमा क्लिक गर्नुहोस् । स्टेप ३ः नयाँ पेज देखा पर्नेछ।त्यसमा तपाईँले रेफर गर्न चाहेको तपाईँको साथीको बारेमा आवश्यक जानकारी हाल्नुहोस्। स्पेट ४ः फर्म भरिसकेपछि त्यहाँ रहेको सबमिटमा क्लिक गर्नुहोस्। स्टेप ५ः इन्स्टलेशन र कुल भुक्तानी सम्पन्न भएपछि तपाईँले इन्टरनेटर आईपिटिभीमा बोनस पाउनु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ । प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ । ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् । समारोहको शुरुवात सह–सचिव डा. धनीराम शर्माको मन्तव्यबाट भएको थियो । हस्ताक्षरपछि निर्देशक आनो कुश्वा तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ । यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal