आज :

बौद्ध इन्टरनेशनल स्कुललाई अखिल क्रान्तिकारीको चेतावनीः विद्यार्थीको अनलाइन कक्षा रोके अप्रिय कदम चाल्ने

काठमाडौँ । अखिल क्रान्तिकारीले बौद्ध इन्टरनेशलन स्कुलले शूल्कका कारण विद्यार्थीलाई अनलाइन कक्षाबाट बञ्चित गरेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्टले विज्ञप्ति जारी गरेर शूल्क नतिरेको भन्दै विद्यार्थीलाई अनलाइन कक्षाबाट बञ्चित गरिएको घटनाले संगठनको ध्यानाकर्षण भएको बताएका छन् ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा कोरोना महामारीका कारण शैक्षिक शत्रको सुरुदेखि नै शैक्षिक संस्था बन्द रहेको तर बौद्ध इन्टरनेश्लन स्कुलले जबरजस्त बैशाखदेखिकै शूल्क असुल गर्नु आपत्तिजनक भएको भन्दै तत्काल रोक्न र विद्यार्थीलाई अनलाइन कक्षाबाट बञ्चित नगर्न आग्रह गरिएको छ ।

जोरपाटीस्थित बौद्ध इन्टरनेशनल स्कुलले अभिभावसँग गुण्डागर्दीशैली देखाएको भन्दै अध्यक्ष विष्टले खेद व्यक्त गरेका छन् । मानवीयतालाई समेत बिर्सेर बौद्ध इन्टरनेशलन स्कुलले बन्द रहेको अवस्थाको खाजा, खाना, खेलकुदलगायतका विभिन्न विषयमा शूल्क असुल गरिरहेको भन्दै विष्टले बन्द गर्न चेतावनी समेत दिएका छन् ।

“न्यूनतम मानवीयतालाई बिर्सेर शूल्कवृद्धि गर्ने, स्कुल नचलेको बेलाको खाना, खाजा, खेलकुदलगायत विभिन्न शिर्षकमा शूल्क असुल्ने क्रियाकलापले नीजि विद्यालयको चरित्र उदांङ्गिएको छ । हाम्रो संगठन समाजवादको ढ्वाङ पिट्ने ओली नेतृत्वको सरकारलाई निजी शैक्षिक संस्थाहरुलाई राष्ट्रियकरण गरी संविधान प्रदत्त निशूल्क शिक्षाको व्यवस्था गर्न जोडदार माग गर्दछ । राज्यले नै शैक्षिक शूल्कबारे स्पष्ट नीति नबनाएको यो विषम् परिस्थितिमा बौद्ध इन्टरनेशनललगायतका निजी स्कुलहरुलाई शूल्क असुली बन्द गर्न चेतावनी दिन चाहन्छौं” विज्ञप्तिमा भनिएको ।

अखिल क्रान्तिकारीले अभिभावकका जायज मागको सम्बोधन गरी शूल्कका कारण पढ्नबाट बञ्चित विद्यार्थीलाई तुरुन्त अनलाइन कक्षा लिने वातावरण बनाउन बौद्ध इन्टरनेशलन स्कुललाई आग्रह गरेको छ । अन्यथा संगठन अप्रिय कदम चाल्न बाध्य हुने समेत विज्ञप्तिमा चेतावनी दिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal