News Portal

  • भारतका केन्द्रीय मन्त्री पासवानको निधन, यस्तो छ कारण

    डबली संवाददाता२०७७ असोज २३ गते
    ३४२ पटक

    काठमाडौं । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ७४ बर्षीय पासवानको उपचारको क्रममा निधन भएको हो ।

    भारतीय संचारमाध्यमहरुका अनुसार राजधानी दिल्लीस्थित एक अस्पतालमा उनको लामो समयदेखि उपचार भईरहेको थियो । मन्त्री पासवानका छोरा चिराग पासवानले ट्वीटरमार्फत निधन भएको जानकारी दिएका छन् । पासवानको मुटुको अप्रेसन गरिएको थियो ।

    भारतीय संचारमध्यमहरुले पासवानको आजै अन्त्यष्टी गरिने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्