News Portal

टीका सानुसहितले अभियन गरेको तिहारको सन्देशमूलक गीतः यो तिहारमा मज्जाले नाचिन्छ…

डबली संवाददाता२०७७ असोज २३ गते
४४९ पटक

काठमाडौं । कोरोना कहरबीच तिहार नजिक आउँदै गर्दा बजारमा गीतहरु पनि सार्वजनिक भइरहेका छन् । कोरोनाले अन्य क्षेत्र जस्तै गीत-संगित क्षेत्र पनि प्रभावित भइरहेको बेला सर्वसम्मान म्युजिक प्रालिले तिहारलाई लक्षित गरेर सन्देशमूलक गीत भिडियोसहित सार्वजनिक गरेको छ ।

‘यो तिहार मज्जाले नाचिन्छ, अर्को तिहारमा मरिन्छ-बाचिन्छ… बोलको गीतमा चर्चित दोहोरी गायीका टीका सानु र भरत लामिछाने अभियन गरेका छन् । गीतमा टीका र भरतले स्वर दिएका छन् । त्यस्तै बाल कलाकार सोफिया बटालालगायतले भिडियोमा अभियन गरेका छन् ।

भरत लामिछानेको प्रस्तुती रहेको भिडियोको निर्देशन प्रकाश क्षेत्रले गरेका छन् । गीतमा  प्रविन थापाको कोरियोगाफ्रिलाई नमराज घिमिरेले क्यामरामा कैद गरेका छन् ।

भिडियो 

प्रतिकृया दिनुहोस्