आज :

रुसले शक्तीशाली क्षेप्यास्त्रको सफल परीक्षण गर्यो, राष्ट्रपति पुटिनले गरे प्रशंसा

काठमाडौँ । रुसले शक्तीशाली क्षेप्यास्त्र जिरकानको परीक्षण गरेको छ । रुसले सबैभन्दा घातक हाइपरसोनिक क्रुज क्षेप्यास्त्र जिरकानको सफल परीक्षण गरेको हो ।

उक्त क्षेप्यास्त्रको विस्तार ४ सय ५० किलोमिटर रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । क्षेप्यास्त्रको परीक्षण बेरन्ट सागरमा गरिएको रक्षा मन्त्रालयले जानकारी दिएको छ । क्षेप्यास्त्रले ८ म्याकको बेग लिएको अन्तराष्ट्रिय समाचारमा उल्ल्ोख छ ।
क्षेप्यास्त्रले ध्वनीको तुलनामा ८ गुणा बढी बेगमा ४ सय ५० किलोमिटर दुरी तय गरेको र आफ्नो नक्कली लक्ष्यलाई ध्वस्त पारेको बताइएको छ ।

उक्त क्षेप्यास्त्रले २८ किलोमिटर उचाइमा उडान भर्दै साढे ४ मिनेट मै ४ सय ५० किलोमिटर दुरी तय गर्दै आफनो लक्ष्यलाई ध्वस्त पारेको थियो । रुसले आफनो ३ एम २२ जिरकोन क्षेप्यास्त्र तैनाथ गर्न सुरु गरिसकेको छ ।

रुसका लागि यो एक महत्वपुर्ण घटना उल्लेख गदै यसले देशको सुरक्षा बढाउने तर्क सहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परियोजनामा सलंग्न सबैको धन्याबाद दिदै सफल परीक्षण गरेकोेमा प्रशंसा ब्यक्त गरेका छन् ।

त्यस्तै राष्ट्रपति पुटिनले भविष्यमा पनि रुसी विशेषज्ञ सेनालाई पुन शक्तीशाली बनाउन काम गरिरहने उनले आशा ब्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal