आज :

किर्गीस्तानमा प्रदर्शनकारीले गरे सत्ता कब्जा, सरकारले जेलमा कोचेका नेता बने प्रधानमन्त्री

काठमाडौं । विश्वभर कोरोना महामारीले हैरानी बनाइरहेको बेला किर्गीस्तानमा भने सत्तापलट भएको छ । केही दिनदेखि सरकारको विरुद्ध प्रदर्शन गरिरहेका विपक्षीहरुले सत्ता कब्जा गरेका हुन् ।

सरकारले आइतवार भएको चुनावमा ब्यापक धाँधली गरेपछि उनीहरु विरोधमा उत्रिएका थिए । चुनावी धाँधलीको विरोधमा सुरु भएको प्रदर्शनले सत्ता नै पल्टाइदियो । प्रदशर्नकारीहरुले देशका मुख्य संवैधानिक, प्रशासनिक र सुरक्षा निकाय कब्जामा लिएका छन् । प्रदर्शनकारीहरुले संसद भवन, सैनिक मुख्यालय आफ्नो नियन्त्रणमा लिएका छन् ।

योसँगै सरकारले जेलमा कोचेका विपक्षी नेता सदिर जापारोभलाई रिहा गरेर कायम मुकायम प्रधानमन्त्री घोषणा गरेका छन् । देशमा विपक्षीहरुको प्रदर्शन चर्किएपछि राष्ट्रपति सुरुनबाई जेन्बेकोभले शक्तिशाली नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए । तर उनले शक्तिशाली नेतृत्व को हो भन्नेबारे केही खुलाएका छैनन् ।

प्रदर्शनकारीहरुले आइतवार भएको चुनावको परिणाम नमान्ने बताएपछि निर्वाचन आयोगले नै उक्त चुनावलाई अमान्य घोषणा गरिसकेको छ ।चुनावमा भाग लिएका १६ राजनीतिक दलमध्य चार वटाले मात्रै संसदमा प्रवेश पाउन आवश्यक मतको सिमा ‘थ्रेसहोल्ड’ पार गरेका थिए । जसमध्ये तिनवटा पार्टी राष्ट्रपतिसँग निकट रहेको बताईन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal