आज :

चुनाव प्रचारमा हतार भएपछी संक्रमण मुक्त नभएरै ट्रम्प डिस्चार्ज भए

काठमाडौं ।  कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव प्रचारमा हतार भएपछी संक्रमण मुक्त नभएरै डिस्चार्ज भएका छन् ।

डिस्चार्ज पछी  छिट्टै चुनाव प्रचार सुरु गर्ने ट्रम्पले टुवीट मार्फत जानकारी गराएको छन् । त्यस्तै उनले गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ भनेर लेखेको छन्।

यता ट्रम्पको उपचारमा संलग्न चिकित्सक टोलीको अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराएको छन् ।

त्यस्तै उनको उपचारमा सग्लन डा। सिन कोनलेका अनुसार ट्रम्पको शरिरमा भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको बताएको छन्।

संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति  अहिले निवासमै फर्किएका छन् । अब उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने जनाएको छ ।

संक्रमण पुष्टि भएपछी ट्रम्प वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उपचाररत थिए।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal