आज :

अघोषित ठेक्कापट्टाकाे हिसाब १५ दिन भित्र सार्बजनिक गर्न अखिल (क्रान्तिकारी) ले दियो चेतावनि

काठमाडौँ । अघोषित ठेक्कापट्टाकाे हिसाब १५ दिन भित्र सार्बजनिक गर्न अखिल (क्रान्तिकारी) ले दियो चेतावनि दिएको छ । अर्घाखाँचीले जिल्लाका सरकारी विद्यालयहरुमा भौतिक संरचना पूर्णनिर्माणको कार्यक्रम भएको भन्दै यस्तो चेतावनि दिएको हो ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नविन खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा गैरजिम्मेवारी कार्य नगर्न नगराउन सम्बन्धीत सवैलाई चेतावनी दिइएको छ । पछिल्लो समयमा काम गर्न थालेका ठेक्का रद्द गरि व्यवस्थापन समिति मार्फत काम गर्न र सम्पन्न भएका स्कूलहरुको हिसाब १५ दिन भित्र सार्बजनिक गर्न सबै विद्यालयहरुलाई अनुरोध समेत गरिएको छ ।
त्यस्तै बिज्ञप्तिमा बिरेन्द्र आधारभुत विद्यालय धारापानी लगायतका सम्पन्न भइरहेका विद्यालयहरुमा एउटा ठेकेदारले ठेक्का लिने र फेरि त्यही ठेकेदारले अर्कोलाई कमिशन राखेर काम दिने कार्य गरेको भन्ने जन गुनासो आएको हुँदा तत्काल काम रोकी छानबिन गरि कारबाही गर्न विज्ञप्तिमा जोडदार माग गरिएको छ ।

त्यसैगरी अखिल क्रान्तिकारीले विज्ञप्तिमा जिल्लामा आयोजना कार्यान्वयन इकाई (शिक्षा) अर्घाखाँचीबाट मिति २०७७ ।०५। २२ मा सूचना जारी गर्दा पनि एउटा जिम्मेवार निकायको सूचनालाई गलत्याउदै प्राचार्य, व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधि मिलेर ठेक्का दिने सरकारी निकाय मौन बस्नुले यो देश दलालहरुको घेरामा रहेको भन्दै शिक्षालाई दलालहरुको हातमा सुम्पिन नहुने कुरा उल्लेख गरेको छ ।

बिज्ञप्तिमा अगाडी लेखिएको छ “प्राप्त गरि सम्झौता समेत सम्पन्न गरेका विद्यालयहरुले घटाघट गरि अघोषित रुपमा ठेक्कापट्टा गर्ने निर्माण समिति गठन गरि जिम्मा दिने जस्ता निर्देशिका विपरीत कार्य गरेको भन्दै खेद व्यक्त गरेको छ ”।
यदि आफ्ना मागलाई बेवास्ता गरेमा यसबाट हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने कुरा क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal