आज :

भारतको राजधानी नयाँदिल्लीका बिद्यालयहरु तत्काल नखुल्ने, अब कहिले देखी खुल्छन् त ?

काठमाडौँ । भारतको भारतको राजधानी नयाँ दिल्लीको बिद्यालयहरु तत्काल नखुल्ने भएका छन् । लामो समयदेखी विश्वभर माहामारी भएर फैmिएको कोरोना संक्रमणले गर्दा नखुलेका बिद्यालयहरु अक्टोबरको अन्त्य सम्म मात्र खुल्न सक्ने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बताएको छन् ।

आईतबार भारतका शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक रुपमा भएपनि खोलिने हल्लाबीच उपमुख्यमन्त्री सिसोडियाले सो बिषयमा जानकारी सार्वजनिक गरेको हुन् । उनले अब दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म नखोल्ने निर्देशन जारी गरेको छन् ।

त्यस पछि बिद्यालय कैले खोल्ने भन्नेबारे आदेश जारी गर्ने बताएको भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारत दिल्ली सरकारले त्यहाँ विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ ।
तर विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने निर्देशन जारी गरेको थियो ।

यसअघि त्यहाँ कोरोन महामारीको कारण लामो समयदेखी बन्द विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो । म्याद सकिएकोकै दिन फेरी अक्टोबर अन्त्य सम्म बिद्यालय नखोल्ने निर्णय भएको हो ।

#फोटो-स्रोतःहिन्दुस्थान-टाईम्स

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal